काठमाडौं। पाँच दलीय सत्तागठबन्धनको कार्यदल बैठक बसिरहेको छ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँट टुंगो लगाउन बैठक आज बिहान ९ बजेदेखि बालुवाटारमा बसिरहेको छ।
आजको बैठकले सिट बाँडफाँट टुंगो लगाएर प्रतिवेदन शीर्ष नेतालाई बुझाउने बताइएको छ।
सिट बाँडफाँटका सम्बन्धमा कार्यदल सहमति नजिक पुगेको बताइएको छ।