काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँ उपत्यकासहित दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।मन्त्रालय स्रोतका अनुसार काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका प्रजिअ घनश्याम उपाध्याय आएका छन् ।
काठमाडौंका प्रजिअ गोविन्द रिजाललाई गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा पठाइएको छ ।ललितपुरमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको सरुवा गरिएको छ ।
यसै गरी कास्कीमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ ।जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईं मन्त्रालय तानिएकी छन् भने जुम्लाको प्रजिअमा मुकेशकुमार केसरी पठाइएका छन् ।
ल
स्रोतका अनुसार दैलेखको प्रजिअमा गोगनबहादुर हमाललाई पठाइएको छ ।यस्तै पाँचथरका प्रजिअ सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथर को प्रजिअमा गणेश गैरेलाई पठाइएको छ ।यस्तै उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभाको प्रजिअमा सरुवा गरिएको छ ।
यसै गरी सङ्खुवासभाका प्रजिअ नुरहरी खतिवडालाई सप्तरीको प्रजिअमा, सप्तरीका प्रजिअ जनार्दन गौतमलाई उदयपुरको प्रजिअमा पठाइएको छ । यस्तै दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।
यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा सरुवा गरिएको छ ।