काठमाडौँ । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट टुंग्याउन बनेको ११ सदस्यीय कार्यदलले अझै आफ्नो जिम्मेवारी पुरा गर्न सकेन । मंगलबारको बैठकले शिर्ष नेतृत्वबाट पाएको जिम्मेवारी अनुसारको प्रतिवेदन तयार पारेर शिर्ष नेतालाई बुझाउने तयारी थियो ।
तर बालुवाटारमा बसेको बैठकले भोलि पुन अर्को बैठक बसेर प्रतिवेदन तयार पारेर शिर्ष नेतालाई बुझाउने सूचना तथा सञ्चारमन्त्री समेत रहेका कार्यदल सदस्य ज्ञानेन्द्र बहादुर काकीले जानकारी दिए । कांग्रेसले १०० सिटमा दाबी गर्दै आएको थियो ।
स्रोतका अनुसार कांग्रेसले ८६ सिटमा चित्त बुझाएको छ । तर, सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कार्कीले सिट संख्याबारे भने जानकारी दिएनन् ।