धनगढी । अढाई किलो चरेशसहित कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–३अत्तरियास्थित महेन्द्रनगर रोडबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ बस्ने ३० वर्षीय प्रकाश मण्डल पक्राउ गरिएको हो ।
मण्डललाई क्षेत्रीय अनुसन्धान ब्यूरो सुदूरपश्चिम (आरआइटी) को टोलीले समातेको हो।
उनलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ। मण्डलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।