काठमाडौँ । आउँदो बुधवार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको छ। बाग्मती प्रदेश सरकारले मकवानपुर, चितवन र धादिङ जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमवार सूचना प्रकाशित गरी चेपाङ समुदायको न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो।