काठमाडौं। नेपाली टोलीको कप्तानको जिम्मेवारी गोलरक्षक एन्जिला तुम्बापो सुब्बा र उपकप्तानको जिम्मेवारी अमृता जैशीलाई दिइएको छ।
काठमाडौंमा हुने महिला साफ च्याम्पियनसिपमा लागि कप्तानको जिम्मेवारी एन्जिला र उपकप्तानको जिम्मेवारी अमृतालाई दिइएको हो।
नेपाली महिला टोलीको नियमित कप्तान रेनुका नगरकोटी प्रशिक्षणका क्रममा घाइते भएपछि साफ च्याम्पियनसिप गुमाएकी थिइन्।
साफ च्याम्पियनसिप मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ। नेपालले च्याम्पियनसिपमा भुटानसँग मंगलबार खेल्नेछ।