विराटनगर। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ।
सोमबार मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको ८४ वर्षको मृत्यु भएको हो।
विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचारका क्रममा धनकुमारी मृत्यु भएको हो।
धनकुमारीको सोमबार दिउँसो १२ बजे अस्पतालमा श्रद्धाञ्जली सभा हुने र त्यसपछि अन्तिम संस्कारको लागि भोजपुर लगिने बताइएको छ।