काठमाडौँ । हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सोमवार बिहान प्रदेश १ ,बागमती र मधेश प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको समेत विभागले जानकारी दिएको छ ।
विभागले गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक -दुई स्थानमा हल्का वर्षा भई रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।