अछाम । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि अछाम क्षेत्र नम्बर १ बाट नेकपा एमालेले डा. भीम रावलको नाम सर्वसम्मत सिफारिस गरेको छ।
प्रतिनिधिसभातर्फ रावलको नाम सिफारिस गरिएको अछाम इन्चार्ज झपट बोहराले जानकारी दिए।
नेपाली कांग्रेसका भरतकुमार स्वारलाई हराउँदै रावल अघिल्लो निर्वाचनमा निर्वाचित भएका थिए। रावलले २४ हजार ८ सय ८३ मत प्राप्त गर्दा स्वारले १७ हजार ७ सय १९ मत ल्याएका थिए।