काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ । गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषयमा आइतबारको बैठकमा पनि सहमति हुन सकेन ।
कार्यदलका एक सदस्यका अनुसार अब सोमबार र मंगलबार कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलको बैठकले सिट बाँडफाँटबारे छलफल गर्नेछ । साथै बुधबार बिहान ११ बजे शीर्ष नेताहरूको बैठक फेरि बस्ने भएको छ ।
उक्त बैठकमा कार्यदलले आफ्नो निष्कर्ष सुनाउने बताइएको छ । आगामी मंसिरमा हुने निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटको विषयमा पटकपटक बैठक बसे पनि सहमति हुन सकेको छैन ।
गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसभित्रै शेखर कोइरला लगायतका नेताहरूले कांग्रेसका लागि १ सय सिटभन्दा कम स्वीकार्य नहुने भन्दै सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् ।