काठमाडौं। पर्सा मिलन केन्द्र काठमाडौंको नयाँ कार्यसमिति चयन भएको छ।
काठमाडौंमा भएको १८औं साधारण सभाबाट उमेशकुमार गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
केन्द्रको प्रथम उपाध्यक्षमा अमु सिंह सिजापति, उपाध्यक्षमा अताउल्लाह अंसारी, कोषाध्यक्षमा प्रदिपकुमार कुशवाहा, सचिवमा किरणकुमार गुप्ता, प्रचार सचिवमा राजबल्ली कुशवाहा (प्रमोद) र सहायक सचिवमा सविता राज कर्णिकार चयन भएका छन्।
डा. विश्ेश्वर प्रसाद यादव, अजयकुमार साह, ममता भुजेल, शशी भुषण चतुर्बेदी, बृजकिशोर प्रसाद स्वर्णकार, अजयकुमार गुप्ता, सिकेन्द्र चौधरी र औरन्जेब अहमद पर्सा मिलन केन्द्र काठमाडौंको सदस्य भएका छन्।

नयाँ कार्यसमितिले राजधानीमा बसोबास गर्ने पर्साबासीहरुको बीचमा आपसी भाइचारा, सद्भाव र मित्रतालाई नयाँ उचाइमा पुर्याउने प्रतिवद्धता जनाएको छ। साथै, यस केन्द्रमा बढी भन्दा बढी पर्साबासीलाई जोड्ने प्रण गरेको छ।
कार्यक्रममा खानेपाली मन्त्री उमाकान्त चौधरी प्रमुख अतिथी थिए।
