पोखरा । पोखरा महानगरपालिकाले नयाँ नेतृत्व आएपछिका सय दिनका उपलब्धि सार्वजनिक गरेको छ।
पदस्थापन गरेको सय दिन पूरा गरेको अवसरमा पोखरामा शनिबार पत्रकार सम्मेलन गरी नगरप्रमुख धनराज आचार्यले सय दिनका सय उपलब्धि सार्वजनिक गरेका हुन्।
कार्यक्रममा प्रमुख आचार्यले पदस्थापना कार्यक्रमको पहिलो दिन ३७५ वटा फूलका बिरुवा रोपी आफ्नो कामको सुरुवात गरेको बताउँदै आफ्नो १०० दिनको कामबाट सन्तुष्ट रहेको बताए।
प्रमुख आचार्यले उज्यालो पोखरा अभियानको सुरुवातदेखि महागनरको सेवा प्रवाहमा एकद्वार प्रणाली, जनगुनासो सुन्न तथा सुनुवाइका लागि हेल्लो मेयर कार्यक्रमलाई सय दिनको उपलब्धिमा समावेश गरे।
निजी संस्थासँगको साझेदारीमा सार्वजनिक ७२ वटा शौचालय सर्वसाधारणका लागि खुला गरिएको आचार्यले बताए।
मेयर आचार्यले महानगरपालिका अहिले आन्तरिक व्यवस्थापन बलियो बनाउने काममा लागिपरेको र महानगरपालिकामा अहिले फोहोरका समस्या रहेकाले समस्या समाधानका लागि काम भइरहेको पनि बताए।
उनले महानगरपालिकाले उज्यालो पोखरा कार्यक्रम अन्तर्गत नेपाल विद्युत प्राधिकरण र पोखरा महागनरको ९पचासरपचास प्रतिशत० १३ करोडको लागानीमा २३ वटा चोकहरुमा हाइ–मास्ट पोलमा १५ सय चार वटा सडक बत्ती जडान सुरु गरेको बताए।
१०० दिनमा युवा तथा बेरोजगारलाई लक्षित गरी ३० करोड पूँजी भएको व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना गरिएको महानगरले जनाएको छ। साविक लेखनाथ नगरपालिकाको तालचोक देखि वेगनासताल बसपार्क सम्मको सडक ४ लेनको बनाउन ७५ करोडमा ठेक्का सम्झौता भइसकेको बताएको छ।
आगामी अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी रहेकाले त्यो भन्दा पहिले अन्यन्त्र फोहोर व्यवस्थापन हुने महानगरको भनाइ छ।
सय दिनका के के काम गरे सुन्न र हेर्नको लागि यहाँ क्लिक गर्नुस् :-