धनगढी । सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले चुनाव लड्ने आकांक्षा राखेका छन्। शुक्रवार प्रदेश सभाको अन्तिम दिनको अवसरमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै सभामुख थापाले पार्टीले पत्याएर टिकट दिएमा चुनाव लड्ने बताएका हुन् ।
‘म नेकपा एमालेबाट जितेको मान्छे हुँ,’ उनले भने, ‘पार्टीले पत्याएर टिकट दिएमा म प्रतिनिधि सभामा चुनाव लड्छु। अब फेरि प्रदेशमा भने लड्दिँन्।’ त्यसका लागि आफू तयारी अवस्थामा रहेको उनले बताए ।
एमाले बझाङका संस्थापक अध्यक्ष समेत रहेका सभामुख थापा गत प्रदेश सभा निर्वाचनमा बझाङको ‘क’ बाट निर्वाचित भएर उनी प्रदेशको सभामुख बनेका थिए।
यस्तै उनले पाँच वर्षे अनुभूति सफल भएको बताए । सबैको मनोआंकाक्षा अनुसार प्रदेश सभालाई कसरी सञ्चालन गर्न सकिन्छ भनेर सबैको सबै संसदीय दलका नेताहरू, परामर्श समितिमा छलफल गरेर अगाडी बढ्दा आफूलाई कुनै पनि समस्या नभएको बताए ।
प्रदेश सभाका सबै विद्ययेकहरु एक दुई बाहेक बाँकी सबै विद्ययेकहरु सर्वसम्मत पारित भएको बताए । सुदूरपश्चिम प्रदेश सभाबाट ६७ वटा विधेयक पास भएको उनले बताए ।