काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेलमा रहेका अफताब आलमलाई सांसदको उम्मेदवार नबनाउने स्पष्ट पारेका छन् ।
शुक्रबार मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्वारा लिखित पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले सम्बन्धित निर्वाचन क्षेत्रले सिफारिस गरे पनि आलमलाई पार्टीले उम्मेदवार नबनाउने बताए ।
आगामी मंसिर ४ गते हुन लागेको आमनिर्वाचनका लागि नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री एवं सांसद मोहम्मद अफताब आलमको नाम सर्वसम्मत भएको छ ।आलमको नाम सर्वसम्मत भएपछि महामन्त्री थापाले यस्तो बताएका हुन् । आलम अहिले पुर्पक्षका लागि ललितपुरस्थित नख्खु कारागारमा छन् ।