काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा वसन्त अधिकारी नियुक्त भएका छन्।
सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव वसन्त अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका हुन्।
दुई वर्ष मन्त्रालयको प्रवक्ता रहेका अधिकारी महानगरमा बुधबारबाट हाजिर हुनेछन्।