काठमाडौं। पर्सा मिलन केन्द्र काठमाडौंको नयाँ कार्यसमिति गठन हुने भएको छ।
नयाँ कार्यसमिति गठनका लागि शनिबार काठमाडौंको थापागाउँमा रहेको अर्पण ब्यानक्वेटमा १८औं साधारण सभा बोलाइएको छ।
पर्सा मिलन केन्द्र काठमाडौंको १८औं साधारण सभामा उपस्थितिका लागि सदस्यहरुलाई बोलाइएको छ।
यसअघि सहमतिमा नेतृत्व चयन हुने गरेको भए पनि यसपटक भने चुनाव हुने सम्भावना रहेको बताइएको छ।