काठमाडौँ । सत्ता साझेदार पाँचदलीय गठबन्धनमा सिट बाँडफाँटमा सहमति जुटेको छ । बिहीबार बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा सहमति जुटेको हो ।
सहमतिअनुसार कांग्रेस ८६, माओवादी केन्द्र ४७, एकीकृत समाजवादी १८, जसपा १३ र राष्ट्रिय जनमोर्चा १ सिटमा चुनाव लड्ने लगभग समझदारी जुटेको एक नेताले जानकारी दिए ।
यस अघि प्रतिनिधिसभाका १ सय ६५ सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि तीन साता सम्म टुगोमा पुग्न नसक्दा गठबन्धनलाई सिट बाँडफाँटमा सकस परेको थियो ।