धनगढी । गौरा पर्वको अवसरमा सुदूरपश्चिम सरकारले भदौ १७ गते शुक्रवार सार्वजनिक बिदा दिएको छ । आज (बिहीबार) बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले शुक्रवार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यस अघि प्रदेश सरकारले भदौ १७ गते घोषणा गरिएको बिदा कटौती गरेको सूचना जारी गरेको थियो । भदौ १८ गते परेको गौरा पर्वमा सङ्घीय सरकारले पनि बिदा दिएको थियो ।
प्रदेश सरकारले थप एक दिन १७ गते बिदा दिने भनेर प्रदेश राजपत्रमा उल्लेख गरेको थियो। तर प्रदेश सरकारले बुधबार एक सूचना जारी गर्दै १७ गतेको बिदा कटौती गरेको निर्णय प्रति चौतर्फी विरोध समेत भएको थियो ।