काठमाडौं। स्वतन्त्र उम्मेदवारहरुले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन्।
बिहीबार साझा चुनाव चिन्ह, साझा घोषणा पत्र र साझा उम्मेदवारका लागि अभियान घोषणा गरिएको संयोजक सुमन सायमीले जानकारी दिए।
यो अभियानले देशैभरबाट स्वतन्त्र रूपमा उम्मेदवारी दिन चाहेकालाई एकै ठाउँमा उभिन आग्रह पनि गरेको छ।
स्वतन्त्र उम्मेदवारहरूले पार्टीका पुराना नेताको विकल्प दिन आफूहरूले चाहेको बताइरहेका छन्।
को कहाँबाट?
प्रतिनिधि सभा
रोहन कार्की–काठमाडौं क्षेत्र नम्बर २
राजाराम तन्डुकार–ललितपुर क्षेत्र नम्बर ३
मधुसुदन पाठक ’सिते बा’–काठमाडौं क्षेत्र नम्बर ५
सुमन सायमी–काठमाडौं क्षेत्र नम्बर ८
विद्या श्रेष्ठ महर्जन–काठमाडौं क्षेत्र नम्बर ९
भक्तपुर–२ मा दरोस्तभ लोकेन्द्र
भीष्म राणा–रुपन्देही क्षेत्र नम्बर ५
कास्की–२ मा सिरीष गुरुङ
रौतहट–१ मा राहुल मिश्र
उदपयुरमा गजेन्द्र महत
प्रदेश सभा
विनोद बजगाईं–काठमाडौ २ ’क’
अनिलकुमार पाण्डे–महोत्तरी २ ’ख’
गजेन्द्र कुमार भगत–उदयपुर २ ’क’
विजय कालिकोटे–सुनसरी १ ’क’
आगामी दिनमा अन्य उम्मेदवारहरु पनि विस्तारै थपिँदै जाने अभियानको दाबी छ।