काठमाडौं। काठमाडौं महानगरले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड बन्द गरेको छ।
मेयर बालेन्द्र शाहले निर्देशनपछि नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड बन्द गरेको हो।
उक्त डिजिटल बोर्ड नियम विपरीत भएको भन्दै महानगरले हटाउन पटक पटक आग्रह गर्दा पनि सेन्टरले अटेरी गरेको थियो।
स्वीकृत मापदण्डमा ८ सय स्क्वायर फिटमा मात्रै डिजिटल होडिङ बोर्ड राख्न पाइने व्यवस्था छ। उक्त बोर्डले १६ सय स्क्वायर फिटभन्दा बढी क्षेत्रफल ओगटेको थियो।
मुख्य सडकको भवनमा ठूलो डिजिटल बोर्डले सवारी चालकको ध्यान भंग गर्ने हुँदा दुर्घटनाको जोखिम समेत हुने गरेको छ।