काठमाडौँ । सत्ता गठबन्धनलाई सिट बाँडफाँटमा सकस भएको छ । प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुगोमा पुग्न नसक्दा गठबन्धनलाई सिट बाँडफाँटमा सकस परेको हो ।
सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्याउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।
हिजो साँझ बसेको गठबन्धन बैठकमा पनि सबै दल आ-आफ्नो अडानमा रहेपछि सहमति जुट्न सकेको थिएन ।
नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जसपाले २०, राष्टिय जनमोर्चाले २ सिटमा दाबी गरे पछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन ।