काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।
बुधबार साँझ भएको भेटवार्तामा नागरिकता विधेयकको विषयमा छलफल भएको बताइएको छ ।नागरिकता विधेयक संसदमा फिर्ता पठाएपनि संसदले फेरि हुबहु पारित गरेपछि राष्ट्रपतिले यसबारेमा दलहरुसँग परामर्श गर्दै आएकी छन् ।
यसअघि राष्ट्रपतिले काँग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, लोसपालगायतका दलसँग परामर्श गरिसकेकी छन् ।