काठमाडौँ। नेपालमा अन्तर्राष्ट्रिय शिक्षाका मुद्दाहरूलाई सम्बोधन गर्न ६ वटा सङ्घहरू अस्ट्रेलियन एजुकेशन एसोसिएसन एलायन्स गठन गर्न एक जुट भएका छन्।
एईआरआई नेपाल, एनएएईआर, ई क्यान, एनईसीए, आईरिन र एफईकोन नेपालमा अन्तर्राष्ट्रिय शिक्षाका मुद्दाहरूलाई सम्बोधन गर्न अस्ट्रेलियन एजुकेशन एसोसिएसन एलायन्स गठन गर्न एक जुट भएका छन्।
यसैबिच, एईआरआई नेपालका नवनियुक्त अध्यक्ष महेश बाबु तिमिल्सेनाले अस्ट्रेलियाको गृह विभागका अधिकारीहरूसँग भर्चुअल बैठक गरेका छन्। नेपाली भिसा आवेदनहरूको लागि थप कागजात अनुरोधबारे छलफल गर्न उनले गृह विभागका अधिकारीहरूसँग भर्चुअल बैठकमा भाग लिएका हुन्।
भर्चुअल बैठकबारे जानकारी दिँदै उनले भनेका छन्, ‘हामीले डिएचए परिप्रेक्ष्य बुझ्नको लागि व्यापक र अन्तर्दृष्टिपूर्ण छलफल गरेका थियौँ। हामीले नेपाली विद्यार्थी, अभिभावक र एजेन्टहरूको दृष्टिकोण पनि व्याख्या गरेका छौँ।’ उनले एईएएए र डिएचएबीच निष्ठा, विश्वसनीयता र असल अभ्यासहरू कायम राख्न सबै एक हुने बताएका छन्।