सुर्खेत । तीजको नाच हेर्ने बेलामा झडप हुँदा सुर्खेतमा १ जनाको मृत्यु भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा २ समूहबीचको झडपमा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।
पाटनखोलामा तिजको नाच हेर्ने क्रममा मंगलबार राति युवाहरुको २ समूहबीच झडप भएको थियो। झडपमा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी)सुरज कार्कीले जानकारी दिए।
डीएसपी कार्कीका अनुसार मृतक युवकको टाउकोमा गम्भीर चोट लागेको छ। प्रहरीले घटनामा संलग्नहरुको खोजी भइरहेको र घटनाको थप अनुसन्धान पनि जारी रहेको जानकारी दिएको छ।