काठमाडौँ । लुम्बिनी प्रदेशले आज सार्वजनीक बिदा दिएको छ । हरितालिका तीजको अवसरमा महिलाहरुका लागि राष्ट्रिय बिदा भए पनि प्रदेशले पहिलो पटक तीजमा सबैका लागि बिदा दिएको हो ।
प्रदेशका आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले चाडबाडमा पारिवारिक माहोलमा रमाउने वातावरण सिर्जना गर्न सार्वजनिक बिदा दिएको बताए ।
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ ।हिन्दु नेपाली महिलाहरूले भगवान महादेवको पूजा आराधना गरी तीज मनाउने गर्छन् ।
आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहिआएको छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन् ।