बिर्तामोड। सामाजिक संजालमार्फत बिर्तामोडको मेयर र उपमेयर हराएको भन्दै गलत खबर फेसबुकमा पोष्ट गर्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गलत भ्रम फैलाएको भन्दै बिर्तामोड नगरपालिका–४ का २२ वर्षीय राजु बिमलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको डिएसपी रुगम बहादुर कुवरले बताए। आवश्यक कारबाहीका लागि बिमलीलाइ इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।
शनिवार राती मेयर पबित्रा महतारा र उपप्रमुख नगेन्द्र प्रसाद सङ्रौलाको तस्वीर राखेर बिमलीले मेयर उपमेयर हराएको भन्दै बिमलीले फेसबुकमा सूचना पोष्ट गरेका थिए।
बिमली दमकमा आइटी अध्ययन गर्दै आएका विद्यार्थी भएको पाइएको प्रहरीले जनाएको छ।