काठमाडौँ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाललाई तीर चुनाव चिन्ह प्रदान नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ।
न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले आइतबार राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिटमा सुनुवाइ गर्दै निर्वाचन आयोगका नाममा यस्तो आदेश जारी भएको हो।
'प्रस्तुत निवेदनमा अन्तरिम आदेश जारी गरी पाउँ भन्ने माग सम्बन्धमा विचार गर्दा दुवै पक्षबीच छलफल गरी निष्कर्षमा पुग्न मनासिव देखिएको र निवेदकले उठाएको विषय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसाग जोडिएको अत्यन्त महत्वपूर्ण र तत्काल निर्णय गर्नुपर्ने प्रकृतिको रहेको हुँदा भदौ १४ गते पेशीमा चढाइ निवेदनको विषयवस्तु जोडिएको देखिँदा छलफलको मितिसम्मको लागि निवेदकलाई भदौ ८ गतेको तीर चुनाव चुन्ह प्रदान गर्ने निर्णय कार्यान्वयन नगर्नु,' आदेशमा भनिएको छ।