काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ३२ वटै वडामा एमडिजिपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन्।
नगर कार्यपालिकाको आइतबार बसेको बैठकमा उनले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडिजिपी डाक्टर र ३२ जना नर्स करारमा राख्ने प्रस्ताव गरेका हुन्।
मेयर बालेनले वडा क्लिनिकमा एमबिबिएस गरेको डाक्टरभन्दा जनरल फिजिसियन डाक्टर राख्न सके स्वास्थ्यसम्बन्धी सरसल्लाह लिन, उपचार गर्न र कुनै समस्याको तत्काल उपचार गर्न सजिलो हुने बताए।
काठमाडौं महानगरपालिकाको वडामा हुने विकास निर्माणसम्बन्धी कामको अनुगमनका लागि ३२ वटै इन्जिनियर राख्ने प्रस्ताव पनि मेयर साहले राखेका छन्।
फुटपाथ तथा पार्किङ व्यवस्थापनका गर्न खटिएका नगर प्रहरीलाई प्रोत्साहन भत्ता वितरण र करारका कर्मचारीको समय थप लगायतका विषय बैठकमा पेश गरिएको थियो।