कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले निर्माण पूरा भएका योजनाको भुक्तानी ढिला भएमा क्षतिपूर्ति प्रदान गर्ने बताएका छन् ।
नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको नवौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उहाँले भुक्तानी ढिला हुन गई व्यवसायीले भोग्नुपर्ने क्षतिको सरकारबाटै पूर्ति हुनुपर्ने बताए ।
प्रदेश सरकारद्वारा सञ्चालित योजना निर्माण सम्पन्न भइसक्दासमेत भुक्तानी नपाएको व्यवसायीको गुनासोपछि मुख्यमन्त्री शाहीले यस्तो आश्वासन दिएका हुन् । उनले सङ्घीय सरकारले अधिकार हस्तान्तरण गर्न नचाहँदा प्रदेशले ठूला विकास आयोजना सञ्चालन गर्न नसकेको बताए ।
“प्रदेश मातहतबाट सञ्चालन हुने काममा कुनै अवरोध छैन, केन्द्र सरकारले अख्तियारी प्रदान नगर्दा व्यवसायीलाई समस्या परेको हो”, उनले भने, “यदि प्रदेशको आफ्नै कारणले कुनै ठेक्काको भुक्तानी रोकिएको हो भने सरकार सम्बोधन गर्न तयार छ ।”