धनगढी । हतकडी सहित फरार भएका युवक पक्राउ परेका छन् । कैलालीको जोशीपुर गाउँपालिका ४ का शङ्कर चौधरी हतकडी सहित सोही वडाको हसनपुरबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कुटपिट मुद्दामा पक्राउ परेका अन्दाजी २८ वर्षीय चौधरी आज दिउँसो पक्राउ गरेर ल्याउँदै गर्दा हतकडी सहित फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीमा राखिएको बताए ।