मकवानपुर । जिल्लाको भिमफेदी गाउँपालिकाको फरक-फरक दुई स्थानबाट मकवानपुर प्रहरीले तीन क्विन्टलभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय भिमफेदीले मकवानपुरको भिमफेदी गाउँपालिका वडा २ भैसेबाट करिब २ सय ५६ केजी २८ ग्राम गाँजा बरामद गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय भिमफेदीबाटै खटिएको प्रहरीले ना.८ ख २७१८ नम्बरको आईचर ट्रकबाट करिब ७४ केजी लागूऔषध गाँजा बरामद गरेको छ ।
उक्त लागूऔषध बरामद गरिए पनि ट्रक चालक भने फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले भिमफेदीबाट लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमफेदी गाउँपालिका–९ महभिर बस्ने ३५ वर्षीय प्रकाश लामा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले आज उक्त लागूऔषध गाँजासहित पक्राउ गरेको हो । नामटारबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख ३९८७ नम्बरको आईचर ट्रक जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित ट्रक चालक लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।