काठमाडौं । काठमाडौं जिल्ला अदालतले काठमाडौं महानगरपालिकालाई नक्सा पासको विवरण बुझाएको छ ।महानगरको मागअनुसार अदालतले विवरण बुझाएको हो ।
महानगरका सहरी तथा भवन विकास विभागका प्रमुख सुरज शाक्यले अदालतबाट आज नक्सापासको विवरण आएको जानकारी दिए ।
महानगरका अनुसार अदातलको अन्डरग्राउन्ड पार्किङकै प्रयोजनका लागि रहेको छ । बुधबार महानगरले अदालतलाई विवरण बुझाउन पत्र काटेको थियो ।