काठमाडौं। प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठक स्थगित भएको छ।
आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको समिति बैठक समिति सदस्यहरूको गणपुरक उपस्थिति नभएपछि स्थगित गरिएको हो।
बैठकमा २३ जना सांसद सदस्यमध्ये ९ जना सदस्यमात्र उपस्थित भएका थिए। आजको बैठकमा भारतीय सेनामा गोर्खा सैनिकको भर्ती (भारतको अग्निपथ योजना)बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो।
बैठकमा छलफलका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्का र परराष्ट्र सचिव भरतराज पौड्याललाई आमन्त्रण गरिएको थियो।
बैठकमा सदस्यहरूको गणपुरक सङ्ख्या नै बैठकका लागि आभएका परराष्ट्र सचिव भरतराज पौड्याल केही समय पर्खिएर फर्कएका थिए।
अर्को बैठक भदौ १३ गतेका लागि तोकिएको समिति सचिव सुरज कुमार दुराले जानकारी दिए।