काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ।स्वास्थ्यमा समस्या देखिएपछि सिटौलाले मंगलबार कोरोना परीक्षण गराएका थिए। रिपोर्ट पोजेटिभ आएपछि उनी घरमा आराम गरिरहेका छन्।
सिटौला सत्ता गठबन्धनले बनाएको सिट बाँडफाँट कार्यदलका संयोजक पनि छन्। मंगलबार बालुवाटारमा बसेको बैठकमा सिटौला पुगे पनि अस्वस्थ भएपछि फर्केका थिए।
सिटौलानिकट एक नेताले सेतोपाटीलाई दिएको जानकारीअनुसार सिटौलाले ह्याम्स अस्पतालमा कोरोना परीक्षण गराएका थिए।