काठमाडौं । अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ)ले मंगलबार विश्व फुटबल महासंघ (फिफा)लाई पत्र लेखेको छ। उसले फिफालाई प्रतिबन्ध हटाउन माग गरेको छ ।
सर्वोच्च अदालतद्धारा प्रशासनीक समिति (सीओए) भंग गरेपछि एआईएफएफले पत्र लेख्दै निर्णयको पुनर्विचार गर्न अनुरोध गरेको हो।एआईएफएफका कार्यवहाक महासचिव सुन्नदो धरले फिफा महासचिव फातमा समौरालाई लेखेको पत्रमा भनिएको छ, ‘हामी तपाईलाई निकै खुसीका साथ यो कुरा जानकारी गराउन चाहन्छौं कि भारतको सर्वोच्च अदालतले हाम्रो विषयमा सुनुवाई गरेको छ। र सन् २०२२ अगष्ट २२ को आदेश अनुसार प्रशासनीक समितिलाई पूर्ण रुपमा हटाएको छ। यस फैसलाले एआईएफएफको आफ्नो कार्यक्रम सञ्चालनका लागि पूर्ण अधिकार प्राप्त भएको छ।’
‘यसलाई हेरेर हामी फिफा र विशेष रुपमा ब्युरोबाट एआईएफएफलाई निलम्बित गर्ने आफ्नो फैसलाको पुनर्विचार गर्नकालागि अनुरोध गर्दछौं । निलम्बन हटाउनका लागि निर्धारित शर्त पुरा भएको छ । सोही कारण यस सम्बन्धमा जति सक्दो चाँडो आदेश दिन आवश्यक छ’ पत्रमा भनिएको छ ।