काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले काठमाडौंको तीनकुनेस्थित सुविधानगरमा केन्द्रीय कार्यालय स्थापना गरेको छ। पार्टी अध्यक्ष भट्टराईले सुविधानगरमा पार्टी कार्यालय स्थापना गरेको जानकारी दिएका छन्।
भट्टराईले पार्टीका तर्फबाट ५ वटा ‘स’ लाई अगाडि बढाइएको पनि जनाए। समावेशीता, संघीयता, सुशासन, समृद्धि र समाजवाद गरी ५ वटा (स) आफूहरुको प्रतिबद्धता रहेको भट्टराईको भनाइ छ।
सत्ता गठबन्धनकै दल जनता समाजवादी पार्टी (जसपा) बाट अलग्गिएका भट्टराईले नयाँ पार्टी नेसपा गठन गरेका हुन्। नेसपाले आगामी निर्वाचनमा सत्ता गठबन्धनकै दल माओवादी केन्द्रको चुनाव चिह्न (गोलाकार भित्रको हँसिया हथौडा) प्रयोग गरेर चुनावमा जाने सहमति गरिसकेको छ।