रुपन्देही। ‘मृत्यु भएका व्यक्तिलाई जीवित गराएको’ भन्दै भ्रम फैलाउने चर्चका पास्टर पक्राउ परेका छन्।
‘मृत्यु भएका व्यक्तिलाई जीवित गराएको’ भ्रम फैलाउने कञ्चपुरका ३५ वर्षीय राजेन्द्र गोतामेलाई प्रहरीले पक्राउ गरेको छ।
उनले ‘मृत व्यक्तिलाई जीवित बनाएको’ भन्दै भ्रम फैलाएकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गोतामे बुटवल–१२ बुद्धनगरस्थित होली क्यालभरी चर्चका पास्टर हुन्। ‘मृत्यु भएका व्यक्तिलाई जीवित गराएको’ भन्दै भिडिओ बनाएर सामाजिक सञ्जालमा भाइरल भएपछि अनुसन्धान थालेको प्रहरीले उनलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले आरोपित गोतामेलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका गरिरहेको बताए।
भिडिओमा होली क्यालभरी चर्चका पास्टर भनिने राजेन्द्र गोतामेले केही बेरमा भुइँमा सुतेकी महिला उठेर सरासर हिँडेको देखिन्छ। गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएको’ भन्दै ‘यशुलाई धन्यवाद दिन’ भनेको सुनिन्छ।
भिडिओमा एक महिलाले ‘सयवटा धामीले पनि निको नभएको, पाँच÷छ लाख खर्च गर्दा पनि निको नभएको’ लगायतका विषय बोलेको सुनिन्छ।