काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएलको अध्यक्षमा सुवोधराज श्रीपाली सर्वसम्मत रूपमा चयन भएका छन्।
काठमाडौंमा भएको वाइसीएलको दोस्रो राष्ट्रिय भेलाबाट आइतबार अध्यक्षमा श्रीपाली चयन भएका हुन्।
वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर गुरूङ र महासचिवमा गणेश शाही चयन भएका छन् ।पदाधिकारीहरू ६१ जनासहित वाइसीएलले ३५१ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ।