काठमाडौँ । दिवंगत काँग्रेस नेता प्रदीप गिरीको पार्थिव शरीर आइतबार बिहान ११ः ३० देखि २ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ ।
शनिबार काँग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले शोक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएका हुन् ।
त्यसअघि बिहान ९ बजेदेखि ११ बजेसम्म गिरीको पार्थिव नेपाल मेडिसिटी अस्पताल ललितपुरको शिवालयमा श्रद्धाञ्जलीका लागि राखिने विज्ञप्तिमा जनाइएको छ ।
पार्टी केन्द्रीय कार्यालय श्रद्धाञ्जली दिएपश्चात गिरीको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने बताइएको छ । गिरीको शनिबार राति ९ः३० मा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
