काठमाडौँ । निर्वाचन आयोगले नयाँ योजना छनौट गर्ने कार्यक्रम नगर्नरनगराउन नेपाल सरकार, सातैवटा प्रदेश सरकार र ७५३ स्थानीय तहलाई निर्देशन दिएको छ ।
निर्वाचनको मिति घोषणा भैसकेको र जनप्रतिनिधिको पदावधि समाप्त हुन लागेको अवस्थामा प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम लगायतका नयाँ योजना छनौट गर्ने कार्यक्रम नगर्नरनगराउन आयोगले निर्देशन लिएको हो ।
आयोगले शनिबार विज्ञप्ति जारी गर्दै त्यस्ता कार्यक्रमले मतदातालाई प्रभावित पार्न सक्ने भन्दै समग्र निर्वाचनको निष्पक्षता र तटस्थतामा समेत प्रत्यक्ष असर पार्न सक्ने जनाएको छ ।
सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यको पदावधि सकिनै लागेको बेलामा विभिन्न प्रदेशहरूमा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम, पूर्वाधार विकास कार्यक्रम लगायतका विभिन्न नामका सम्बन्धित सभाबाट एकमुस्ट रूपमा बजेटमा तोकिएका कार्यक्रमहरू निर्वाचनको मिति घोषणा भइसकेपछि छनौट गर्ने गरी कार्यक्रम सञ्चालन गर्न थालेको भन्ने जानकारीमा आएको हुँदा यस प्रकारका योजना तथा कार्यक्रमले मतदातालाई प्रभावित पार्न सक्ने र समग्र निर्वाचनको निष्पक्षता र तटस्थतामा प्रत्यक्ष असर पार्न सक्ने देखिएकोले विपद् वा महामारीको पूर्व तयारी वा कुनै विपद्को अवस्था परी विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्नुपर्ने वा मानवीय सहायता प्रदान गर्नुपर्ने वा स्वास्थ्य महामारीको अवस्थामा सो को सामना गर्न आवश्यक उपाय अवलम्बन गर्नुपर्ने विषय बाहेक कुनै पनि प्रकारका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगर्न नगराउन हुन आयोगले तीनै तहका सरकारलाई स्पष्ट निर्देशन दिएको हो ।'
