काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी छ ।आजको बैठकले पदाधिकारीको नाम टुंगो लगाउने सम्भावना रहेको छ।
आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्न सक्ने बताइएको छ। सो नाममा सहमति जुटेको खण्डमा आज नै पदाधिकरी चयन प्रक्रिया टुंगिनेछ।
माओवादी केन्द्रको २०७८ पुसमा महाधिवेशन भएको थियो। अपूर्ण केन्द्रीय कमिटी बनाएर महाधिवेशन सम्पन्न भएको थियो ।