काठमाडौं। सुमन सायमी प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने भएका छन्।
उनी आगामी मंसिर ४ मा हुने प्रतिनिसभा चुनावमा काठमाडौं–८ मा स्वतन्त्रबाट लड्ने भएका छन्।
उनी स्थानीय तह निर्वाचनमा आँखीझ्याल चुनाव चिह्न लिएर काठमाडौं महानगरको मेयरमा स्वतन्त्रबाट चुनाव लडेका थिए। उनी उक्त चुनावमा १३ हजार ७७० मत पाएर चौथो भएका थिए।