जनकपुर। मधेस प्रदेश सरकारले संघविरुद्ध गर्दै आएको धर्ना कार्यक्रम स्थगन गरिएको छ।
प्रहरी समायोजनको माग गर्दै दुई दिनदेखि जारी धर्ना आज मङ्गलबारबाट स्थगन भएको मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बताए।
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले धर्ना स्थगन गरे। सो बेला प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहलगायत प्रदेश सभा सदस्यहरूको सहभागिता थियो।
अब बन्ने सरकारले प्राथमिकतामा राखेर प्रहरी समायोजन गर्ने आश्वासन दिलाएकाले धर्ना स्थगन गरिएको मुख्यमन्त्री राउतले बताए।