बुटवल। बुटवल उपमहानगरपालिका–२ फूलबारीचोकमा रहेको कारिकोट होटलमा एक जोडी मृत फेला परेका छन्।
मृत फेला पर्नेमा धादिङ्गको कुमपुर–५ का सीताराम भुजेल र पहिचान नखुलेकी पुष्पा नामले बोलाइले अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन्।
सीताराम शव पंखामा झुण्डिएको र युवतीको शव बिस्तरामा रगताम्य अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
उनीहरु रहस्यमय तरिकाले मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए।
तन्ना र टावेलमा रगत पोतिएको युवतीको हत्या गरी भुजेलले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक घिमिरेले बताए।
शव पोस्टमर्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उनीहरु आइतबार राति होटलमा बस्न आएका थिए।