काठमाडौँ । नेपाल दुरसञ्चार प्राधिकरणले आउँदो भाद्र ३० बाट मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) सुरु गर्ने भएको छ ।
नेपाल दुरसञ्चार प्राधिकरण तथा मोबाइलफोन इम्पोर्टस एसोसियसनद्धारा काठमाण्डौँको सोल्टी होटलमा आयोजित ‘मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टमको संयुक्त कार्यशाला गोष्ठी गत २६ गते सम्पन्न गरिएको छ ।
नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइलफोनहरुको अनधिकृत आयात नियन्त्रण गर्न नेपाल दुरसञ्चार प्राधिकरणले एमडीएमएस सुरु गर्ने निर्णयसहित उक्त गोष्ठी सम्पन्न गरेको हो । उक्त प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरू नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो ।