काठमाडौँ । प्युठानमा आइतबार भएको जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नौवहिनी गाउँपालिका-५ सानो डाम्री निवासी ४ वर्षीया करुणा बुढामगर र २५ दिनकी चेतना बुढामगरको र २५ वर्षीय लुकेश थापा रहेका छन् ।
उनीहरूको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।दुर्घटनामा नौ जना घाइते भएका छन् ।
आइतबार साझ ५ बजे बागदुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनी गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटनामा परेको हो ।