काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले मानव वन्यजन्तु द्वन्द्व नियन्त्रण र व्यवस्थापनका कार्यक्रममा जोड दिन निर्देशन दिएका छन् ।
बिहीबार मन्त्रालयमा आयोजना गरिएको मन्त्रालय स्तरीय विकास, समस्या समितिको बैठकमा पछिल्लो समय मानव वन्यजन्तुबिच द्वन्द्व बढ्दै गएकाले यसको नियन्त्रण तथा दिगो व्यवस्थापनका कार्यक्रमहरू लागू गर्न मातहतका निकाय तथा विभागहरूलाई निर्देशन दिएका हुन् ।
“वन्यजन्तुका वासस्थानमा सुधार ल्याउने तथा उनीहरूको दिगो व्यवस्थापनका कार्यक्रम लागु गर्नुस्, मानव वन्यजन्तुबिचको द्वन्द्व कम गराउने योजना चाँडो लागू गरौँ ,” उनले भने ।
यस्तै मन्त्री यादवले वन मन्त्रालयका कर्मचारी, मातहतका निकाय, विभागहरूका कार्यक्रमले अहिले नेपालमा बाघको सङ्ख्यामा वृद्धि हुनुका साथै नेपालको वन क्षेत्र पनि जोगिएको भन्दै उनीहरू प्रति धन्यवाद समेत व्यक्त गरे ।