काठमाडौँ । अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्कर नियुक्त भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ सचिवमा नियुक्ति गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
यसअघि अर्थ सचिवमा मधु मरासिनी थिए। उनको सरूवा भने प्रधानमन्त्री कार्यालयमा भएको छ।