बझाङ । बुङ्गल नगरपालिका–९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार रारुमा २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीया छोरा भुपेन्द्र पार्की झुन्डिएको अवस्थामा फेला परेका हुन्।
बुङ्गल नगरपालिका–९ का वडाअध्यक्ष हरिश सिंहका अनुसार गएराति मात्रै गीताका श्रीमान पुष्कर भारतबाट घर आएका थिए।
घटनाको अनुसन्धानका लागि अहिले जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल गएको छ।