काठमाडौं। अमेरिकी सरकारको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मामिला हेर्ने विशेष दूत जेसिका स्टर्न पाँच दिने भ्रमणका लागि काठमाडौं आएकी छन्।
विशेष दूत स्टर्नले आफ्नो नेपाल बसाइको क्रममा सरकारी अधिकारीहरू, मानव अधिकारकर्मीहरू र यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूसँग भेटेर नेपालमा यौनिक अल्पसङ्ख्यकहरूको मानव अधिकारको संरक्षण र सुदृढीकरण गर्ने प्रयासहरूबारे छलफल गर्ने कार्यक्रम रहेको नेपाल स्थित अमेरिकी दूतावासले बताएको छ।
अमेरिकाले विश्वभरि यौनिक अल्पसङ्ख्यक समुदायको मानव अधिकार सुनिश्चितताका लागि अग्रणी भूमिमा खेल्दै आइरहेको छ।
अमेरिकी दूतावासले पनि नेपालमा यौनिक अल्पसङ्ख्यकहरूको जीवनस्तर उकास्न विभिन्न कार्यक्रम गर्दै आएको छ।